त्रिविको नेविसंघ अध्यक्षमा एकैदिन तीन जनालाई मनोनयन



काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय इकाई सभापतिको एकै पदमा तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक भएको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो ।



एकैदिन तीन जनालाई सभापति मनोनीत गरेर पठाइएको पत्रको औचित्य नरहेको भन्दै शेर्पाले तीनै जना अब नेविसंघको त्रिवि सभापति नरहेको बताए ।



चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।

ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज