माइतीघर मण्डलामा माओवादी केन्द्रसहित ६ पार्टी निकट किसानको प्रदर्शन



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका ६ वटा कम्युनिष्ट पार्टी निकट किसान सङ्गठनहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेका छन् ।



प्रदर्शनकारीले किसान एकता जिन्दाबाद,किसानहरू गर्जन्छ किसान मार थर्कन्छ, किसान माथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महँगी नियन्त्रण गर, विषादीयुक्त खाद्यान्न आयात बन्द गर जस्ता नारा लगाएका थिए ।



बाली लगाउने सिजन नजिकिँदै गर्दा किसानहरू आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज