एकदिवसीय बलिङ वरीयतामा सन्दीपको स्थान खस्कियो



काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको एकदिवसीय बलिङ वरीयतामा नेपाली टिमका स्पिनर सन्दीप लामिछाने एक स्थान घटुवा भएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप २२औं स्थानमा छन् । सन्दीप गत हप्ता वरीयताको २१औं स्थानमा थिए ।



बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्थानमा हुँदा सोमपाल कामी ६७ औं स्थानमा हुँदा करण केसीले एक स्थान सुधार गरेर ९६ औं स्थानमा छन् ।



सन्दीपले विश्वस्तरीय बलर युजभेन्द्र चहाल, जस्प्रित बुम्राहलाई पछि पारेका छन् । त्यस्तै मिचेल स्टेनर पनि सन्दीप भन्दा पछि छन् ।

एकदिवसीयको ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित कुमार पौडेल ५७ औं स्थानमा छन् । त्यस्तै आसिफ सेख ६७ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज