पहिलो हाफमा नेपाललाई अग्रता, अनन्तले गरे गोल



काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ ।

२९ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले गोललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन् ।



राष्ट्रिय टोलीका लागि अनन्तको यो तेस्रो व्यक्तिगत गोल पनि हो । यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।



सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज