नवनियुक्त ५ एआइजीलाई प्रचण्डले भने – मिलेर काम गर्नुस्, सरकारको छवि उच्च बनाउनु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुलाई सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्रीले नवनियुक्त पाँच एआइजीहरुलाई सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा बधाई तथा शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन् ।



बधाई भेटमा प्रधानमन्त्रीले नवनियुक्त एआइजीहरुलाई आगामी कार्यकालमा अझै जनमुखी सेवाप्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउनसमेत निर्देशन दिएको बताइएको छ ।



‘अहिले बढुवा हुनु भएका ५ जनामध्येबाटै एक जना आईजीपी हुने हो, मिलेर काम गर्नुस्’, प्रधानमन्त्री प्रचण्डले भने । गृह मन्त्रालयले बुधबार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा नियुक्ती दिएको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका पाँच एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको फुली लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज