नवयुगको गोलमा नेपालको अग्रता दोब्बर



काठमाडौं । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओसविरुद्ध दोब्बर अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध २-० गोलको अग्रता कायम गरेको हो । खेलको दोस्रो हाफको ५६ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका हुन् ।



गोलकिपर अगाडि बढेका बेला नवयुगले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारमा लाओसका गोलकिपर सेसाभाथ निरीह बने ।यसअघि अनन्त तामाङले ३०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।



प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत उद्घाटन खेलमा नवीन लामाले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्सभित्र उत्कृष्ट रन बनाएका अनन्तले उत्कृष्ट गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज