निर्यातको दोब्बर इन्धन आयात | Online Nepal



काठमाडौं । चालू आर्थिक वर्षको फागुन सम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको इन्धन (पेट्रोलियम पदार्थ) आयात भएको छ ।



यही अवधिमा मुलुकको कुल निर्यात व्यापार एक खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यो इन्धन आयातको तुलनामा करिब आधामात्र हो ।



गत वर्ष भने निर्यात व्यापार २ खर्ब रुपैयाँ पुगेको थियो । विभागका अनुसार फागुनसम्ममा ९८ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ बराबरको पेट्रोल ल्याएएको छ ।

त्यस्तै, ३८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ बराबरको एलपी ग्यास तथा १४ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ । कारोबार दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज