गोरखा । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ जना नेपालीको उद्धार गरिएको छ।
लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले आज उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अहिले उनीहरूको उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा राखिएको छ।
उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान उनीहरू सामागाउँको लार्केगाउँबाट त्यसतर्फ लागेका थिए।
प्रतिक्रिया!