दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी



दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचन नेविसंघ विजयी भएको छ ।

एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् । नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएका छन् ।



सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।



त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौंले गठबन्धन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज