तोलामा १२ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो ।



यस दिन छापावाल सुन तोलामा एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलामा एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।



तेजाबी सुन तोलामा एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज