एमाले महासचिव पोखरेलले भने – सरकारले जनताको पक्षमा काम गरे साथ दिन्छौं



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको बताएका छन् ।

घोराहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



महासचिव पोखरेलले सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको समेत बताए।



उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौँ ।’

महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै तत्काल गठबन्धन भत्काउन एमाले नलाग्ने बताए ।

पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज