उपेन्द्र यादवलाई सीकेको व्यंग्य – बारा २ मा फिरंगी उम्मेदवारको गुन्जायस छैन



बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले ‘मिसन बारा-२’ को आरम्भ गरेका छन् ।

अध्यक्ष राउतले उपचुनावलाई लक्षित गर्दै महागढीमाईको दर्शन गरेर मिसन बारा २ आरम्भ गरेका हुन् ।



अध्यक्ष राउतले बारा २ मा जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवविरुद्ध आफ्ना उम्मेदवार खडा गर्ने प्रष्ट पारेका छन् ।



राउतले भने, ‘माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन ।’

पार्टी प्रवेश कार्यक्रममा आएका राउतले सो क्षेत्रमा जनतमले उम्मेदवार उठाउने र जित्ने दाबी गरे ।

उपेन्द्रप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको समेत उनको भनाई छ ।

बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज