राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जिसी प्यूठानमा नगदसहित सम्मानित



प्युठान । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् ।

जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।



झिमरुक गाउँपालिका-३ लामसेराका स्थायी बासिन्दा जिसीले हालै यूएईमा सम्पन्न आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।



जिसीलाई खेल क्षेत्रमा थप हौसला दिने उद्धेश्यले व्यक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०र५० हजार रुपियाँ प्रदान गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज