अमेरिकाको मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु



वासिङ्टन । अमेरिकाको मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।



सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र गतिमा हुइँकिएको एउटा कार अस्थायी रूपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।



मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज