श्रीलंकामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित



एजेन्सी । श्रीलंकाको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ ।

आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको जानकारी गराएका हुन् ।



आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने र त्यसपछि उनीहरूका वकिलसँग भावी कार्ययोजनाका बारेमा परामर्श गर्ने उनले बताए ।



स्थानीय परिषद्को निर्वाचन सुरुमा मार्च ९ का लागि तय गरिएको थियो तर ट्रेजरीले रकम उपलब्ध नगराएपछि अप्रिल २५ का लागि सारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज