बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले



काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरेका हुन् ।



थपलियाले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए । थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पारे ।



गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज