राहुल गान्धीको संसद् सदस्यता खारेज



एजेन्सी । भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।

शुक्रबार लोकसभा सचिवालयबाट यस सम्बन्धमा एक पत्र जारी गरिएको छ । उनी केरलाको वायनाडबाट लोकसभा सांसद थिए ।



मानहानि मुद्दामा सुरतको अदालतले बिहीबार उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो ।



सन् २०१९ मा गान्धीले कर्नाटकको विधानसभामा मोदी थरका बारेमा विवादित बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज