मेरो राजनीतिक लडाइँ युवाहरुको भविष्यको लागि हो : शेखर कोइराला



खोटाङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो राजनीतिक लडाइँ युवाहरुको भविष्यको लागि भएको बताएका छन् ।

नेपाल जेसिसले काठमाडौंमा शुक्रबार आयोजना गरेको ‘नेशनल काउन्सुलर एकेडेमी-२०२३’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।



उनले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताए । ‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो । अरु कुनै स्वार्थ छैन’, कोइरालाले भने ।



राजनीतिक स्थिरता र अवसर अभावले युवा शक्ति विदेश पलायन भइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज