नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार शिक्षक पक्राउ



धनुषा । धनुषामा नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार रहेका शिक्षक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सबैलाकाका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय शिक्षक दीपेन्द्र यादव ररहेका छन् ।



जिल्लाको सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको आरोप छ ।



नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक यादव सिरहाको बन्दीपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेबो बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज