गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबन्डाको प्रस्ताव पेस गर्ने



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



माओवादी सचिव देवेन्द्र पौडेलले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने बताए ।



त्यस्तै पार्टीका सचिव लीलामणि पोखरेलले पनि आजको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्ने काम भएको बताए ।

प्रचण्डले गठबन्धनमा रहेका सबै दललाई विश्वासमा लिएर बढ्नुपर्नेमा जोड दिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज