होन्डुरसले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध



एजेन्सी । होन्डुरसले ताइवानसँगको दसकौँ पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।

होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।



होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ ।



होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ ।

ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् ।

चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दछ र ढिलो चाँडो चीनको नियन्त्रणमा आउने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज