नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई नियुक्त गरेको थियो ।



नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज