२६ अंकले घट्यो सेयर बजार, ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ ।

नेप्से परिसूचक २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।



बजार घटेकाे दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।



सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज