बुबाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ



कपिलवस्तु । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीले आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।



जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज