प्रधानमन्त्री प्रचण्ड भेट्न एकाबिहानै बालुवाटार किन पुगे सभामुख घिमिरे ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सभामुख देवराज घिमिरे बालुवाटार पुगेका छन् । सोमबार बिहान प्रचण्डलाई भेट्न सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ ।



प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् ।



सभामुखले दलका प्रमुख सचेतकहरूसँग पनि यसबारेमा छलफल गर्ने बताएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार अहिले भेटवार्ता जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज