उपनिर्वाचनबारे छलफल गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै



काठमाडौं । उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।



पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।



साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज