तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख १० मा हुने उपनिर्वाचन बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको हो ।



बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार चितवन २ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकेको छ ।



कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिनेछन् ।

उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज