गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार



काठमाडौं । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।



चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी विज्ञापन प्रचार गरेको भन्दै विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए ।



सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेशनलाई कारबाही गर्न पत्राचार गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज