मिटरब्याज पीडितहरुले सडकपेटीमै कटाए रात



काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलन गर्न हिँडेर काठमाडौँ आइपुगेकाहरूलाई पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका छन् ।

सोमबार प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि मिटरब्याज पीडितहरू रातभर सडकपेटीमै बस्न बाध्य भएका हुन् ।



उनीहरुले हिजो खुलामञ्चको गेट अगाडि प्रदर्शन समेत गरेका थिए । महोत्तरीको बर्दिवासदेखि ११ दिनको पैदल यात्रापछि आइतवार बिहान उनीहरु काठमाण्डौ आइपुगेका हुन् ।



सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । न्याय खोज्दै ७२ जना पीडित पैदल हिँडेर काठमाडौं आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज