राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी



काठमाडौं । मिटरब्याज पीडितहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध पीडितहरुले राजवादी र सामान्तवादी रहेको भन्दै नाराबाजी गरेका हुन् ।



आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।



बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् ।

उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज