प्रधानमन्त्रीलाई लक्षित गर्दै कांग्रेस महामन्त्री शर्माले भने – लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न मिल्दैन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न नमिल्ने बताएका छन् ।

महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्दा प्रहरीले युवाको मुख थुनिदिएको र पक्राउ गरेर मुद्दा चलाएको प्रति आपति जनाएका हुन् ।



सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो, आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’



महामन्त्री शर्माले साताअघि प्रधानमन्त्रीको विरोध गर्ने युवाहरुलाई पक्राउ गरी थुनामा राखिएको भन्दै उनीहरुलाई यथाशिघ्र रिहा गर्न समेत माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज