एपीएफ क्लब ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा



काठमाडौं । नेपाल एपीएफ क्लब, काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला  टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा आयोजक ललितपुर मेयर्स ११ लाई ३६ रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। एपीएफले ४ खेलबाट ८ अंक जोडेको छ। ललितपुर भने अंक बिहिन हुँदै बाहिरियो।



ललितपुरका लागि सोनी पाख्रिनले १५ रन बनाउँदा लक्ष्मी चौधरी र सिमाना केसीले समान १०/१० रन बनाईन् ।



एपीएफका लागि बिन्दु बुढा र राजमती ऐरीले समान २/२ तथा सुष्मा श्रेष्ठ,इन्दु बर्मा र कप्तान सीता राना मगरले समान १/१ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो ।

ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल मधेस प्रदेश र कोशी प्रदेशबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज