प्रहरी र पहिचानवादीको झडपमा कम्तीमा १२ जना घाइते



विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।



आन्दोलनकारीहरुको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको हो ।



जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् ।

यता आन्दोलनकारीतर्फ भने छ जना घाइते भएको बताइएको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज