आयल निगमको जग्गा भ्रष्टाचार मुद्दा : सरकारी पक्षका साक्षी फरार



काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ ।

मुद्दा अभियोजन पक्षका साक्षीमध्येका निमा टासी शेर्पालाई इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो । अदालतले पटकपटक आदेश गर्दा पनि साक्षी रहेका शेर्पा उपस्थित नभएपछि पक्रन आदेश भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

‘गोपालबहादुर खड्काको मुद्दाको प्रक्रियामा सरकारी पक्षका साक्षीलाई पटकपटक बकपत्रका लागि आदेश भएको थियो। पटकपटक अभियोजन पक्षकै साक्षी नआएपछि अदालत पक्राउ आदेश गर्न बाध्य भएको हो,’उनले भने ।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो । नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज