प्रधानमन्त्री प्रचण्डले झण्डै पाँच करोडमा गरे अमेरिका र चीनको भ्रमण



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणमा झण्डै पाँच करोड रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्र संघको ७८औं महासभा र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा ४ करोड ७४ लाख २ हजार रुपैयाँ खर्च भएको हो ।

प्रधानमन्त्री प्रचण्ड गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए भने उतैबाट असोज ५ गते चीन पुगेका थिए ।

यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारमा झण्डै १० लाख रुपैयाँ खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज