छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु



वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छिपहरमाई गाउँपालिका  – १  मिर्जापुर टोलका ५० वर्षीय जंगबहादुर साहको करेन्ट लागेर मृत्यु भएको हो ।

साहको आफ्नै घर अगाडी रहेको धारामा जडान गरिएको पानी तान्ने मोटरमा तार जोडने क्रममा बुधबार राती सवाँ ७ बजे करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

मृतक साहको शव परीक्षणका लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालयका पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज