वीरगंज । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म लहावरथकरीमा नेतृत्व परिवर्तन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक लोकनाथ उप्रेतीको बिदाई तथा नयाँ प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप बस्नेतको स्वागत गरिएको छ।
कार्यक्रममा पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ढेडी प्रसाद यादव, वडा नं. ५ का वडाध्यक्ष बलिराम चौरसिया, वडा सदस्य पप्पु गिरी, समाजसेवी प्रभु पटेल र बिरेन्द्र पटेल लगायतका स्थानीय नेताहरू र समाजसेवकहरूले सहभागिता जनाएका थिए। उपस्थित सबैले उप्रेतीलाई गमछा ओढाएर र अविरको टीका लगाएर सम्मान गरेका थिए भने बस्नेतलाई स्वागत गरेका थिए।
स्थानीय समुदायका प्रतिनिधिहरूले सशस्त्र प्रहरी बलको मुख्य जिम्मेवारी सीमा सुरक्षा रहेको स्मरण गर्दै नयाँ नेतृत्वसँग सहकार्य गरी सीमाप्रहरी सेवामा अझ प्रभावकारी योगदान दिन र समुदायमा शान्ति, सुरक्षा कायम राख्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सीमा सुरक्षा, समुदायको सहभागिता र प्रहरी–जनताको सहकार्यमा जोड दिँदै आगामी दिनमा सुरक्षा सुदृढीकरणतर्फ नयाँ नेतृत्वले सक्रिय पहल गर्ने अपेक्षा व्यक्त गरिएको छ।