शिक्षिकाहरुलाई शिक्षा शाखा प्रमुखबाटै दुर्व्यवहारको घटनाप्रति महासंघको गम्भीर ध्यानकर्षण



वीरगंज । छिपहरमाई गाउँपालिकाको शिक्षा शाखा प्रमुख मेघराज रौनियारले बाल शिक्षिकाहरु माथि गरेको अभद्र व्यवहार प्रति नेपाल शिक्षक महासंघ छिपहरमाई गा.पा.को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहिवार एक विज्ञप्ति जारी गरी छिपहरमाईका बाल शिक्षिकाहरुलाई अभद्र व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो । महासंघले उक्त निन्दनीय घटनाको घोर भत्सर्ना गरेको छ ।

नेपाल शिक्षक महासंघ छिपहरमाई अध्यक्ष गगनदेव यादव र सचिव प्रमोद दास तत्वाद्वारा जारी विज्ञप्तिमा भनिएको सम्बन्धित निकायबाट समस्याको समाधान नहुनजेलसम्म शुक्रबारदेखि छिपहरमाई गा.पा. अन्तरगतको सम्पुर्ण विद्यालयहरु अनिश्चित कालको लागि बन्द गरिने व्यवहोरा विज्ञाप्ति मार्फत जानकारी गराईएको छ ।

छिपहरमाई गा.पा. अन्तरगतका सम्पुर्ण समुदायिक विद्यालयहरुको विद्यालय संचालन अनुदान निकाशा तथा बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरुको विगत ५ महिनाक तलब बाकी रहेको हुदा पटक पटक गा.पा. कार्यालयलाई जानकारी गराएको तथा गा.पा. अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृतले समेत निकाशा गरि दिन मौखिक आदेश दिई सकेपनि शिक्षा शाखा प्रमुख मेघराज रौनियारले उक्त रकमको निकाशा नदिएको हुदा मिति २०८१/०९/०९ गते मंगलबार बालविकाश शिक्षिकाहरु विद्यालय कर्मचारीहरु बाकी रहेको तलब निकाशाको बारेमा सोध्न जादा शिक्षा शाखा प्रमुख रौनियारले बाल शिक्षिकाहरु माथि अभद्र व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज