वीरगंज । पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित १७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।
पर्सामा कार्यरत ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्साल काठमाडौंमा काज सरुवा भएको हो ।
शुक्रवार गरिएको काज सरुवा अनुसार एसपी ढुंगेलको ठाउँमा पर्सामा नयाँ प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र आउने भएका छन् ।
तिन महिनाअघि मात्र चितवनमा गएका गौतम मिश्र जिल्ला प्रहरी कार्यालय पर्सामा आउने भएका हुन ।
प्रहरी प्रधान कार्यालयले माघ ११ गते गरेको काज सरुवामा १७ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । सरुवासँगै केहि जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।
बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्की प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ।
यस्तो छ सुची, हेर्नुहोस


