अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ बिहीबारदेखि, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने



काठमाडौं । काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।



महोत्सवमा ५५ देशबाट आवेदन परेका ५ सय भन्दा बढी चलचित्रमध्ये ३५ देशका ९५ वटा चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् ।



छनौट भएका सबै चलचित्र क्यूएफएक्सद्वारा सञ्चालित काठमाडौंको सिभिल मल र छाँया सेन्टर, ललितपुरको पुलचोकस्थित लविङ मल र भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा रहेको हलमा ती चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।

चैत्र ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज