नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालयमा परिणत गर्न तीन विद्यार्थी संगठनको माग



काठमाडौं । नेपाल ल क्याम्पसका तीन विद्यार्थी संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार नेपाल ल क्याम्पसलाई छुट्टै कानुन विश्वविद्यालय बनाउन माग गर्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियू र नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले कानुन विश्वविद्यालय बनाउनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।



नेपाल ल क्याम्पस वाम लोकतान्त्रिक गठबन्धनबाट स्ववियु सभापतिका उम्मेदवार विष्णु ढुंगेल, सचिवका उम्मेदवार मनोज सिंह लगायतको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज