उपराष्ट्रपति निर्वाचनको सबै तयारी पूरा, भोलि मतदान



काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ ।

शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।



उपराष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ ।

मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने जनाइएको छ ।

निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज