काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् ।
पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।
खुमलटार तेस्रो जितको खोजीमा हुनेछ भने सातदोबाटो खुमलटारलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
यस्तै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र संकटाबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
हिमालयन दोस्रो जित निकाल्ने योजनामा रहेको छ । हिमालयन ४ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
प्रतिक्रिया!