त्रिविमा बागी उम्मेदवारी दिएका विष्णुले लिए नाम फिर्ता



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बागी उम्मेदवारी दिएका विष्णु बडैलाले नाम फिर्ता लिएका छन् ।

नेविसंघको तर्फबाट बागी उम्मेदवारी दिएका बडैलाले उम्मेदवारी फिर्ता लिएका हुन् ।



नेविसंघले श्यामराज ओझालाई टिकट दिएपछि बडैलाले स्वतन्त्र समूह खडागरी छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।



बडैलाको प्यानलबाट सचिवमा योगेन्द्र बम, कोषाध्यक्षमा निश्चल घिमिरे, सदस्यमा जीवनराज ढुङ्गाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहराले उम्मेदवारी दिएका थिए ।

उनको उम्मेदवारी फिर्तासँगै त्रिविमा नेविसंघबाट तीन वटा समूह रहेका छन् । यसअघि ओझासँगै ४ वटा समूहले उम्मेदवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज