‘कोशी प्रदेश’ नामाकरणको विरोध गर्दा पत्रकार महासंघ सुनसरीका अध्यक्ष पक्राउ



विराटनगर । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राई पक्राउ परेका छन् ।

बिहीबार विराटनगरस्थित प्रदेश सभा भवन अगाडि कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामाकरण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका अध्यक्ष राईलाई पक्राउ गरेको हो ।



वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पहिचानको आन्दोलनमा सहभागी हुँदै आएका उनीसँगै सञ्जय याख्खालाई पनि पक्राउ गरेको छ ।



कोशी प्रदेश खारेजीको माग गर्दै बिहीबार प्रदेशसभा भवन अगाडि पहिचान पक्षधर कविहरूको कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज