फिल्म निर्देशक प्रताप सुब्बाको निधन



काठमाडौं । चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ ।

निर्देशक सुब्बाको बिहीबार बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।



भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।



२०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गरेपछि फिल्मी करिअर अगाडि बढाएका उनले ‘बाँच्न चाहनेहरु’, ‘मसाल’, ‘कहीं अँध्यारो कहीं उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’लगायत करिब एक दर्जन फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज