मकवानपुरमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था गम्भिर



मकवानपुर । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका ६ नम्बर वडाको डिपार्टमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।



घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

बस पूर्व–पश्चिम राजमार्गबाट तल खेतमा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज