२०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)



काठमाडौं । सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।

बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरेको हो।



सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय सार्वजनिक गरेको छ ।



२०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्टरमै बिदाको सूची समेटेको छ।

यस वर्ष शनिबार मात्रै ५२ दिन परेको छ। ६ दिन दिवस बिदा पनि उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज