प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

संघीय संसद भवनको शंकर हलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो ।



सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।



यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएको निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज