रविविरुद्ध राहदानीसम्बन्धी मुद्दा दायर नगर्ने सरकारी वकिलको निर्णय



काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनु नपर्ने ठहर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाएको हो ।



जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।



लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा कुनै मुद्दा दायर गर्नु नपर्ने ठहर गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज